काठमाडौं, ९ असार - सरकारले वैदेशिक रोजगारीका लागि जान अफगानिस्तानसहितका चार देशमा प्रतिवन्ध लगाएको छ । अफगानिस्तानको राजधानी काबुल विस्फोटमा १३ नेपालीको मृत्यु भएपछि सरकारले यो कदम चालेको हो।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय नभएसम्मका लागि अफगानिस्तान, इराक, सिरिया र लिबियाका लागि श्रम स्वीकृति स्थगित गर्ने निर्णय गरेको हो ।
सरकारले आर्थिक वर्ष ०६२/६३ मा अफगानिस्तानमा निश्चित क्षेत्रको रोजगारीमा जान खुला गरिएको थियो । अहिलेसम्म वैधानिक ढंगबाट ८ हजार ६ सय १४ जना नेपाली अफगानिस्तान गएको सरकारीको तथ्यांकले देखाएको छ । तर, अवैधानिक ढंगबाट १० हजारभन्दा बढी नेपाली रोजगारीका लागि अफगानिस्तान गएको अनुमान छ । शब्द साभार : अनलाईनखबर
बैठकले काबुल आक्रमणमा मारिएका १३ नेपालीको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । बैठकले काबुल घटनाबारे छानविन गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।
काबुल घटनामा मारिएका १२ जनाको शव बुधबार नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । उपचारका क्रममा मृत्यु भएका च्याङ्बा तामाङको शव भने भोलि विहान ल्याउने तयारी छ ।
मन्त्रिपरिषदको वैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नेपाल राष्ट्र बैंकमा पूर्वडेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई ४ वर्षको लागि नियुक्त गरेको छ । यस अघिका कार्यकारी निर्देशक राधेश पन्तको कार्यकाल सकिएपछि उनको ठाउँमा अधिकारीलाई ल्याइएको हो ।- See more at: http://www.dcnepal.com/news/news.php?nid=218173#sthash.axeAOod6.dpuf

ConversionConversion EmoticonEmoticon