road made by diffrent method

काठमाडौं, १० असार- अनिक ओभरसिजले माटोलाई जमाएर कालोपत्रेभन्दा बलियो सडक बनाउने प्रविधि नेपालमा भित्र्याएको छ । वातावरणमैत्री दाबी गरिएको प्रविधि कालोपत्रेभन्दा आधा सस्तो र १० वर्षभन्दा बढी टिक्ने कम्पनीले बताएको छ ।

एआरसी ८८ डाइनामिक सोइल स्ट्याबलाइजर नामक एक प्रकारको रसायन माटोमा मिलाई त्यसलाई जमाएर सडक बनाउँदा त्यस्तो सडकमा धुलो नउड्ने, पानी नअड्नेजस्ता फाइदा लिन सकिने आयातकर्ता अनिक ओभरसिजका निर्देशक योगराज शर्मा कँडेलले जानकारी दिए ।

अलकत्राभन्दा बलियो

अस्ट्रेलियामा विकास गरिएको प्रविधिमा माटोमा रसायन मिलाएर त्यसलाई पेलेपछि पिच सडकभन्दा बलियो हुने उनको भनाइ छ । अलकत्रा प्रयोग गरेको सडक दुर्घटना, चाँडो बिग्रने, पानी सहन नसक्ने, वातावरण बिगार्नेलगायत बेफाइदा हुनेमा एआरसी ८८ डाइनामिक सोइल स्ट्याबलाइजर प्रयोग गरिए यस्तो समस्या नहुने निर्देशक कँडेलको दाबी छ ।

कालोपत्रेभन्दा ५० प्रतिशत सस्तो

उनका अनुसार कालोपत्रे गर्नुभन्दा नयाँ प्रविधि करिब ५० प्रतिशत सस्तो पर्ने हुँदा नेपालको अर्थतन्त्र तथा विकासमा यो प्रविधिले महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनले बताए ।

यस्तो छ सडक निर्माण प्रविधि


यो अस्ट्रेलियामा विकसित भएको प्रविधि हो । यसमा प्रयोग हुने रसायनचाहिँ दक्षिण अफ्रिकामा उत्पादन हुन्छ । कृषि सडक, धुले सडक बनाउनमा यो बढी उपयोगी हुन सक्छ । यो पदार्थले माटोलाई जोडेर राख्ने ग्यारेन्टी दिन सकिन्छ । यो फुट्दैन । यो वाटरप्रुफ मेटेरियल भएकाले पानीले पनि यसलाई असर पार्दैन । पिच सडकले पानी सोस्छ । तर, यो प्रविधिले पानीलाई तर्काएर बगाइदिन्छ । यो रसायन हालेर बनाइएको सडकमा सामान्य सडकभन्दा बढी भार वहन क्षमता हुन्छ । अहिले यो प्रविधि संसारका २५ मुलुकमा परीक्षण भइसकेको छ ।

लागत र सञ्चालन दुवै हिसाबमा यो प्रविधि उपयुक्त छ
योगराज शर्मा कँडेल
निर्देशक, अनिक ओभरसिज


यो प्रविधि पत्ता लागेको कति भयो?

यो २० वर्षअघि पत्ता लागेको प्रविधि हो । त्यतिवेलादेखि नै यसको प्रयोग भइरहेको छ ।

यति लामो समयसम्म नेपालमा नआउनुको कारण होला नि रु राम्रो भए पहिले आइसक्थ्यो, होइन र रु
त्यसो होइन । निर्माता कम्पनीले यो उत्पादन एसियाली मुलुकलाई दिन चाहेको थिएन । अहिले एसियाली मुलुकमा आउन थालेको छ । मलेसिया, भियतनाम, सिंगापुर, थाइल्यान्ड, फिलिपिन्सलगायत मुलुकमा यसको प्रयोग सुरु भइसकेको छ ।

यो प्रविधिबाट सडक बनाउन अहिलेको प्रविधि फालेर अरू किन्नुपर्दा त्यसमा लागत बढ्दैन रु
त्यस्तो केही हुँदैन । अहिले भएका औजार सबै प्रयोगमा आउँछन् । यसमा एउटा हेभी इक्युपमेन्ट थप्नुपर्छ । त्यसलाई रोटोभेटर भनिन्छ । यसको सबैभन्दा ठूलो कुरो भएको माटोलाई जमाउने पदार्थमा परिवर्तन गर्न सक्छौँ । अरू औजारले पनि यस्तो काम गर्न सकिन्छ । तर, त्यसलाई रोटोभेटरले मिक्सिङ गर्दा राम्रो हुन्छ । त्यसपछि एकले अर्कोलाई राम्रोसँग समात्छ ।

भनेपछि यसले पिचको काम पनि गर्छ होइन?


हामी अहिलेसम्म त्यो भन्दैनौँ किनकि यो वातावरणमैत्री सडक हो । विपत्तिजनक सडक हैन । कालोपत्रे गर्नेबित्तिकै यो विपत्तिजनक हो । त्यसमा माटो र रसायन मात्र मिसाइन्छ । त्यसैले यसमा लागत पनि धेरै कम हुन्छ । उदाहरण दिनुपर्दा ३० लाखमा तयार हुने सडक हामी १४ लाख रुपैयाँमै बनाउन सक्छौँ ।

यसका फाइदा बुँदागत रूपमा भन्नुपर्दा?


यो मेटेरियल नै स्ट्याब्लाइजर हो । यसले सडकमा धुलो उड्दैन । सडकमा धुलो नउड्दा हुने फाइदाबारे तपार्इं–हामी सबै जानकार छौँ । त्यस्तै अरू सडक एक वर्षमा बिग्रन्छ भने यो प्रविधिमा बनाइएको सडक पाँच वर्षसम्म बिग्रिँदैन । सडक मर्मत खर्च पनि कम हुन्छ । जहाँ बिग्रिएको छ त्यहाँ प्लास्टर गरेर पुनस् माटो र रसायन मिलाएर मर्मत गर्न सकिन्छ । कमसेकम दुई वर्षमा एकपटक सडक मर्मत गर्ने हो भने यसले १० वर्ष धान्छ । यसमा वातावरणमैत्री रसायन भएकाले त्यसको फाइदा मानवजीवनमा अनगिन्ती छन् । वाटरप्रुफ भएकाले सडक चिप्लो हुँदैन । यसको प्रयोग गरिँदा जुत्तामा हिलोसमेत जम्दैन । सडक चिप्लो नहुँदा दुर्घटना हुने समस्या घट्छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=218224#sthash.1rqtQtWG.dpuf
Previous
Next Post »