wrong people with minister


काठमाडौं, १६ असार । काठमाडौंको रातोपुल क्षेत्रमा गुण्डा शैलीमा एक जना मन्त्री झुल्किए । ५/६ जना कुण्डले/मुन्द्रेलाई गाडीमा राखेर आएका ती मन्त्रीको शैली कुनै गुण्डाको भन्दा फरक थिएन । हुन त कुनै समयमा ती मन्त्री राजधानी र काभ्रे जिल्लातिर कहिलएका गुण्डा नाईकेमा पर्थे । उनको नाम हो, रेशमबहादुर लामा । लामा राप्रपा नेपालका सांस
 तथा स्थानीय विकास सहायक मन्त्री छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । गत शनिबार करिव चार बजेतिर रातोपुल क्षेत्रमा सरकारले उपलब्ध गराएको झण्डावाल गाडी आफै चलाएर झुल्किएका लामाको कार्यशैली नोटिस गर्न लायकको थियो । आफू कुन पदमा छु भन्ने भुलेर झण्डावाल गाडी आफै हाँकेका सहायक मन्त्री लामाले किन त्यसो गरे होलान् भनेर सबैमा चासो बढेको छ । बहालवाला मन्त्रीले झण्डावाल गाडी आफै चलाउन पाइँदैन । सुरक्षाका दृष्टिकोणले पनि सरकारले उपलब्ध गराइदिएको चालकले गाडी चलाउनु पर्छ । गृहमन्त्रालयले मन्त्रीहरूका लागि आफ्नै किसिमले सुरक्षा अपनाएको हुन्छ । तर, आफ्नो चालकलाई गाडी चलाउन नदिएर आफै हुइँक्याएका सहायक विकास मन्त्री लामाले सुरक्षागार्डलाई भने साथै राखेका थिए । उनको गाडीमा सवार युवाहरू पनि गुण्डा शैलीमा गाडीभित्र बसेर जथाभावी बोलेको प्रत्यक्षदर्शीले बताएका छन् । गुण्डा नाईकेको पुरानो शैली अहिले पनि सुधार नगरेको भन्दै बेलाबखत आलोचना हुने गरेपनि लामाले झन् आफ्ना गतिविधिलाई झनै सक्रिय तुल्याउन थालेको आरोप छ । त्यस्तो अराजक गतिविधि गर्ने सहायक मन्त्री लामालाई कसले कारबाही गर्ने ? उनलाई कारबाही गर्ने हिम्मत प्रधानमन्त्री केपी ओलीले गर्न सक्लान ? राप्रपा नेपालमा लागेर राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा लागेका लामाको कार्य सम्पादन सन्तोषजनक छैन । स्थानीय विकास मन्त्रालयमा बसेर आफ्ना आसेपासे र लामा–लामा कपाल भएका, कुण्डले र मुन्द्रेहरूलाई ल्याइ सेल्फी फोटो खिच्ने गरेका लामाले नगरपालिका प्रमुखहरूलाई फोन गरेर कार्यकर्तालाई जागिर लगाउन भन्दै दबाब दिने गरेका छन् ।

Previous
Next Post »