a old women

जाजरकोट गर्खाकोट–६ का रामबहादुरलाई २०७१ माघमा वैदेशिक रोजगारीका लागि लक्की ओभरसिज काठमाडौँ म्यानपावर कम्पनीले मलेसियाको पिजी क्लिनिङ सर्भिस कम्पनीमा पठाएको थियो । सो कम्पनीमा वैदेशिक रोजगार संस्थाले भने जस्तो काम र तलब नपाएपछि त्यहाँबाट भागेर उनले अर्को कम्पनी असरस सेक्युरिटी सर्भिसमा गैरकानुनी हिसाबले काम गर्न थाले । घर खर्च चलाउनलाई श्रीमतीका नाममा पैसा पठाएर गएर फर्किंदा मोटरसाइकल दुर्घटना परी घाइते भएका रामबहादुरको अस्पतालमा उपचार हुँदै गर्दा यही असार ११ गते ज्यान गएको हो । कम्पनीबाट भागेर काम गरेको र जवाफदेहिता कम्पनीको निश्चित नभएकाले लास नेपाल ल्याउन समस्या भएको छ । रामबहादुरको उपचार गर्ने क्रममा अस्पतालमा खर्च भएको नेपाली रु ५० हजार पनि कम्पनीले नतिरिदिएपछि अस्पतालले लास र परीक्षणको प्रतिवेदनसम्म नदिएको बाबु कलेले बताउनुभयो । रासस

 
Previous
Next Post »