relation between nepal and india

काठमाडौं, २० असार । राजधानीमा जारी नेपाल र भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठकमा दुई देशबीच भिषा प्रणाली लागु गर्ने विषय जोडतोडका साथ उठेको छ ।
नेपाल–भारत सीमामा तारबार गरी भिसा प्रणाली लागु गर्ने विषयमा यस अघि विभिन्न चर्चा समेत हुँदै आएको थियो । जारी बैठकमा भारतले खुला सिमानाका कारण सुरक्षा खतरा बढेको भन्दै सीमा बन्द गरी भिषा प्रणालीको प्रस्ताव गरेको बताइएको छ ।
अमेरिकाले समेत नेपाल आतंकवादीको क्रिडास्थल बन्न सक्ने चेतावनी दिँदै भारतले खुला सीमा बन्दको प्रस्ताव अघि सारेको बताइएको छ ।
यसविषयमा दुबै देशका विज्ञहरुले ठोस निष्कर्ष निकालेर खुला सीमा बन्द गर्नका लागि आ–आफ्ना देशको सरकारलाई सुझाव दिइने बताइएको छ ।
नेपाल र भारतबीचका सबै खाले सन्धि र सम्झौता पुनरावलोकन गरी सुझाव दिन बनेको प्रबुद्ध समूहको बैठकमा सीमा बिवाद हल गर्नेदेखि लिएर आर्थिक साझेदारीसम्मको छलफल भएको छ ।
- See more at: http://www.lightnepal.com/28354/#sthash.HkSE8Crq.RDALM8aa.dpuf
Previous
Next Post »