brother and sister

काठमाडौं - मुस्किलले ज्यान बच्यो तर घर रित्तो छ । आमा, बाबु, दिदीबहिनी र दाजुभाइ कोही छैनन् । अस्पतालबाट निको भएर फर्किंदा घरमा दुई माना चामलबाहेक केही थिएन । सम्पत्तिको नाममा दुई गरा जमिन र त्यसैमा बनेको एउटा झुप्रो घर छ । दाजु र बहिनीको नासो त्यही मात्र बाँकी छ ।

काल्पनिक कथाजस्तो लाग्ने यो घटना पाँचथरमा जंगली च्याउ खाँदा परिवारै गुमाएका परिवारको कारुणिक चित्रण हो । सदरमुकाम फिदिमदेखि १२ कोस दक्षिणमा पर्ने आङ्ना १ स्थित ८ वर्षीया मुनुशा माङ्लाक र उनका दाजु १६ वर्षीय रामप्रसाद सपनाझैं जिउन बाध्य छन् । कालले साँचेझैं चिकित्सकको उपचारबाट उनीहरूले नयाँ जीवन पाएका छन् - See more at: http://dcnepal.com/news/news.php?nid=220307#sthash.UwHxIhB0.dpuf
Previous
Next Post »