saudi

एजेन्सी – साउदी अरबस्थित मदीना मस्जिद नजिकै आत्मघाती बम हमला भएको छ ।

त्यहाँको स्थानीय संचार माध्यमहरुले जनाएअनुसार उक्त आत्मघाती बम हमला पैगंबर मुहम्मदको मस्जिद नजिकै रहेको सुरक्षा मुख्यालय अगाडी भएको हो ।

उक्त सुरक्षा मुख्यायलय अगाडी नै एक आतंककारीले आत्मघाती बम बिस्फोट गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।

अन्तर्राष्ट्रिय संचार माध्यमहरुमा उल्लेख  अनुसार उक्त आत्मघाती बम हमलामा कम्तिमा ४ जनाको मृत्यु भएको छ । उक्त घट्नामा परी अन्य ५ जना समेत घाईते भएका छन् ।

साउदी अरबमा सोमबार मात्रै २४ घण्टा भित्र ३ आत्मघाती बम हमला भएको छ । पहिलो र दोस्रो हमला असफल भएतापनि तेस्रो बम हमलामा भने ४ जना मारिएको जनाइएको हो ।
- See more at: http://dcnepal.com/news/news.php?nid=220303#sthash.kimg030n.dpuf
Previous
Next Post »