fake doctor

काठमाडौं, असार २१- नक्कली प्रमाणपत्र पेश गरेर विभिन्न अस्पतालमा कार्यरत नक्कली डाक्टर धमाधम जेल पर्न थालेका छन्। 

सोमबार मोरङमा तीन जना धरौटीमा रिहा भएका छन् भने एक जना धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले नक्कली प्रमाणपत्रका आधारमा पेशा अँगाल्दै आएका डाक्टरलाई सरकारी वकिलमार्फत  उनीहरु कार्यरत रहेकै जिल्लामा मुद्दा चलाएकामध्ये मोरङबाट तीन जना आइतबार धरौटीमा रिहा भएका हुन्। 

सुनसरीमा एकजना अदालतले मागे बमोजिम धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। चिकित्सक कार्यरत रहेको संस्था र अवधिका आधारमा आर्जन गरेको आय बराबरीको ठगी गरेको भन्दै बिगो बमोजिमको माग दाबी गरे अनुसार जिल्ला अदालत मोरङबाट लिली सिंह, अब्दुल कलाम र संजयकुमार दास धरौटी बुझाएर रिहा भएका हुन् भने परिवार नियोजन कार्यालय इटहरी सुनसरीका प्रमुख डा. मनिष अर्यालभने धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्। उनीसँग ३२ लाख २५ हजार धरौटी माग गरिएको थियो।

यसैगरी काठमाडौं जिल्ला अदालतले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा ठगी गरेको आरोपमा पक्राउ परेका दुई चिकित्सकलाई जनही एकलाख धरौटी माग गरेको छ । अन्य दुईजनाको थुनछेक बहस अदालतमा भैरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोले असार पाँच गते काठमाडौंबाट पक्राउ गरेका नर्भिकका चिकित्सक अरुणकुमार गुप्ता र गणेश शाहलाई जनही एकलाख धरौटी माग गरेको हो । न्यायाधीशद्धय  ध्रुबकुमार पियाँको इजलासले गुप्ता र रामप्रसाद अधिकारीको इजलासले शाहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

धरौटी बुझाउने कागजी प्रकृयामा दुबै चिकित्सक रहेका छन । ब्युरोले गणेश शाहलाई ११ लाख १३ हजार र गुप्ताबाट पीडित तीनजनाको क्षतिपूर्ती बापत साढे दुईलाख बिगो मागदाबी गरेको थियो । - See more at: http://dcnepal.com/news/news.php?nid=220378#sthash.OpPu5xxa.dpuf
Previous
Next Post »