kiran lamichhane


गोर्खा जिल्ला घर भई हाल अमेरिकाको मिजौरी राज्यको कोलम्बिया शहरमा बस्दै आएका ३३ वर्षिय किरण लामिछानेको शुक्रबार सवारी दुर्घटनामा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार कार्यालयबाट साथिहरुसंग  दिउँसोको खाना खाएर गाडी पार्किङ गरिएको स्थानमा निस्कँदै गर्दा कारले ठक्कर दिँदा उनको निधन भएको हो ।
स्वर्गीय लामिछाने नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेका सहोदर भाई हुन् । लामो समय टेक्सस बसेर अध्ययन गरेका ३३ बर्षिय किरण केही महिना अघिमात्र रोजगारीको सिलसिलामा उक्त राज्य पुगेका थिए । उनले वातावरण विज्ञानमा पिएचडीसम्मको अध्ययन युनिभर्सिटी अफ नर्थ टेक्ससबाट पुरा गरेका थिए ।
krishna
शुक्रबार सवारी दुर्घटनामा निधन भएका नेपाली बैज्ञानिक किरण लामिछानेको मंगलबार टेक्ससको  ड्यालसमा दाहसंस्कार गरिने भएको छ ।
स्व. लामिछानेको मंगलबार दिउँसो साँढे दुई बजे  Huges Funeral Home 9700 web chebal Rd Dallas, Texas-75220 मा अन्तिम श्रद्धाञ्जली कार्यक्रम हुनेछ । उक्त कार्यक्रम समापनपछि साँढे चार बजे 12:30 Kingston Dr. Lewisville, Texas-75029  मा दाहसंस्कार कार्यक्रम राखिएको छ ।
मिजौरीको कोलम्बियामा मदिरा सेवन गरेर सवारी चलाएका एक अमेरिकनले चलाएको गाडीले ठक्कर दिँदा लामिछानेको निधन भएको थियो । उक्त घटनापछि कोलम्बिया पुगेका किरणका  दाजु कृष्ण लामिछाने  सबै प्रकृया पुरा गरेर आइतबार ड्यालस फर्केका छन् ।
किरणको असामयीक निधनमा अमेरिकाभरि रहेका नेपालीहरुले दुख व्यक्त गरेका छन् । नेपाली समाजले प्रतिभाशाली नेपाली बैज्ञानिकलाई गुमाउनुपरेकोमा दुःख व्यक्त गरेका हुन्  ।
लामिछाने  नेपालमा छँदादेखिनै निकै प्रतिभाशाली व्यक्तिका रुपमा चिनिएका थिए । त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तकर गरेका किरणले अमेरिकाबाट पिएचडी गरेका हुन् ।नेपालमा छँदा बिभिन्न कलेजहरुमा अध्यापनका साथै राष्ट्रिय योजना आयोगमा रहेर पनि काम गरेका लामिछाने अमेरिकामा ‘रिसर्च साइन्टिस्ट’ का रुपमा कार्यरत थिए । उनका पत्नी, पाँच वर्षिया छोरा छन् ।
Previous
Next Post »