face cleaner

अनारको नियमित प्रयोगबाट तपाई आफ्नो अनुहार बेदाग र चम्किलो पाउनु हुनेछ । अनारमा एन्टी एक्जिट एजेन्ट हुन्छ जसले तपाईको बढ्दै गरेको उमेरलाई सर्लक्कै लुकाइदिन्छ र जवान बनाइदिन्छ । यसका लागि  नियमित अनारको प्रयोग भने तापाईले गर्नैपर्छ ।

  अनारको दानालाई पिसेर पेस्ट बनाउन सकिन्छ र सो पेस्टमा एक चम्चा मह राखेर  अनुहार र गर्दनमा लगाउनुस् र जव सुक्न लाग्छ हल्का मनतातो पानीले त्यसलाई सफासँग धुनुस् । अब आफ्नो अनुहार ऐनामा हेर्नुस् निकै चम्किलो पाउनुहुनेछ ।

 अनारको पेस्टलाई दहीमा मिसाएर लगाउन पनि सकिन्छ । कागतीमा भिटामीन सी पर्याप्त हुन्छ र अनारमा एन्टि एक्जिट एजेन्ट हुने भएकाले यी दुईको मिश्रणलाई पनि निकै राम्रो मानिन्छ ।  त्यस्तै अनारलाई ग्रीन टि सँग पनि मिसाएर लगाउन सकिन्छ ।
Previous
Next Post »