politics

काठमाडौं, साउन २०- प्रधानमन्त्री प्रचण्डलाई देशद्रोही भन्दै नारा लगाएको आरोपमा पक्राउ परेका युवकलाई प्रचण्डले छुटाएका छन् ।

प्रचण्ड प्रधानमन्त्री भए लगतै बुधबार माइतीघरमा आयोजित खुसीयाली सभामा काठमाडौं स्यूचाटारका श्याम खत्रीले अर्धनग्न शरीरमा ’प्रचण्ड देशद्रोही हुन्’ भन्दै लेख्नुका साथै नारा लगाएका थिए ।

खुसीयाली सभामा ’प्रचण्ड देशद्रोही’ भन्दै चिच्याउँदै गरेका युवकलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो । उनलाई प्रधानमन्त्री प्रचण्डले युवकको कुनै गल्ती नभएको भन्दै छाडिदिन प्रहरीलाई निर्देशन दिएको प्रचण्ड पुत्र प्रकाशले जानकारी दिए ।

पक्राउ परेका खत्रीले आफू कुनै दलसँग निकट नभएको भन्दै प्रचण्डले भारतीय इसारामा ओली नेतृत्वको सरकार ढलाएर विकास विरोधी काम गरेको आरोप लगाएका थिए ।

प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएको उपलक्ष्यमा खुशीयाली मनाउनुको सट्टा युवाहरुको एक समूहले उनको बिरोध गर्दै हिजो राजधानीका केही स्थानमा नाराजुलुस लगाएका थिए ।
- See more at: http://dcnepal.com/news/news.php?nid=226312#sthash.vXt5GjPC.dpuf
Previous
Next Post »