fox news

उर्लाबारी (मोरङ), २० साउन । मोरङको सुन्दरदुलारी–२ स्थित नालीमा जमेको पानीमा डुबेर बुधबार बेलुका एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने ६८ वर्षीया वृद्धा आइतीमाया तामाङ रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

गछिया चोकबाट घरतर्फ जानेक्रममा वृद्धा तामाङको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
Previous
Next Post »