politician

काठमाडौं, साउन २०- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला कुरा नगर्न नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डलाई चेतावनी दिएका छन् । 

म्यादी सरकारको रुपमा चर्को व्याजमा १६ वटा पानाहरुमा कवुलियत गरेको उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्ड त्यही तमसुकमा अल्झेर लड्ने जिकिर गरे । वुधवार पदमुक्त भएका प्रधानमन्त्री ओलीले ८ महिने सरकारको लागि दाहालले १६ वटा दलहरुसँग कवुलियत नामा गरेकोले ठूला कुरा नगर्न चेतावनी दिए । उक्त समयावधिपश्चात तिनै १६ वटा तमसुकहरुमा अल्झेर प्रचण्ड सरकार लड्ने उनको जिकीर थियो ।

पदवाट मुक्त भएसँगै ओली निवास वालकोटसम्म पुगेको ¥यालीलाई सम्वोधन गर्दै उनले नव निर्वाचित प्रधानमन्त्री प्रचण्डसँग संवृद्धिका लागि सोंच र योजना नभएको आरोप लगाए । विकासका लागि पैसा भन्दा पनि नीति र कार्ययोजना आवश्यक रहेको भन्दै उनले पैसाका लागि कुनै चिन्ता नरहेको उल्लेख गरे । नव निर्वाचित प्रधानमन्त्री प्रचण्डलाई चिन्ता नगर्न आग्रह गर्दै उनले विकासका लागि आवश्यक जति पनि पैसा आफूले दिने बताए ।

आफूले मुलुकको स्वाधीनतासँग सत्ता नसाटेको जिकीर गर्दै नव निर्वाचित प्रधानमन्त्री प्रचण्डले मुलुकको हित र विकासका लागिभन्दा पनि आफना लडाकुहरुको भरणपोषणमा ध्यान दिएकोले कुरा नमिलेको ओलीले प्रष्ट पारे । मुलुकको संवृद्धिको अभियानमा इमान्दारिताको साथ लाग्ने प्रतिवद्धता जनाउँदै उनले जुनसुकै जिम्मेवारीमा पनि राष्ट्रपतिको निष्ठा नभुल्ने बताए ।  
Previous
Next Post »