SISNO ALSO VERSATILE JIBAJANTULAIR ORDINANCE NOT ONLY A HEALTHY

सिस्नो भन्ने बितीक्कै हामी हरियो पात भएको काँडे घाँसलाई सम्झिन्छौ र बुझ्छौं । हामी सिस्नो सँग परिचित भएकाले त अझै यसलाई पोल्ने घाँसका रुपमा चिन्छौं । एउटा अनुसन्धानले हाम्रो गाउँघर तिर झाँडीमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको सुझाव अगाडी ल्याएको छ ।

बेलायत, अमेरिका, जस्ता देशमा सुप, तरकारी, चिया, जुस, औषधि आदि विभिन्न रूपमा सिस्नुको पात तथा जराको प्रयोग गर्दै आइएको छ । यसका साथै सिस्नोको प्रयोग बाट अन्य फाइदा पनि प्राप्त गर्न सकिन्छ । सिस्नोका फाईदाहरु यस प्रकार छन् ।
१. त्यसैगरी सिस्नुलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रसमेत उल्लेख्य वृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ ।
२.सिस्नु खाँदा हाडजोर्नी लगायतका शरीरका विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ ।
३.सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ ।
४.साथै सिस्नो बाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
५.सिस्नु खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासुसमेत स्वस्थ्य रहेको पाइएको छ ।
Previous
Next Post »