funny news

काठमाडौं, ९ असार । काट्न लागेको राँगो रन्थनिँदै भागेपछि शहिद गेटमा खैलाबैला भएको छ ।

टेकु तिरबाट राता आँखा देखाउँदै जोडले मच्चिदै आएको राँगाले शहिद गेटमा आइपुग्दा छ जना मानिसलाई घाइते बनाएको छ ।

राँगोले शहिदगेटमा आइपुग्दा बाटोमा हिंडेका बटुवा र बाइकमा सवार यात्रुलाई हान्दै हिँडेको थियो । भने एउटा कारलाई हानेर शीशामा प्वाल  पारिदियो ।

राँगोका कारण शहीदगेट क्षेत्रमा केहीबेर तनाव भयो भने ट्राफिक जामसमेत हुन पुग्यो । यसरी अनियन्त्रीत हुँदै भागेको मुर्छित राँगोलाई महानगरीय प्रहरी परिसर अन्तरगतको जनसेवा प्रहरी र नगर प्रहरीको टोलीले बल्ल-तल्ल घेरा हालेर  नियन्त्रणमा लिएका छन्।

प्रहरीका अनुसार राँगो टेकुतर्फबाट आएको हो ।  टेकुमा थुप्रै राँगा काट्ने वधशालाहरु छन् । बधशालामा काट्न लाग्दा राँगो मुर्छित हुँदै भागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

राँगोको टाउकोमा एउटा सानो चोट छ भने सिंङमा रातो अबिर पनि देखिएको छ । राँगोलाई अहिले टुँडीखेलमा बाँधेर राखिएको छ ।
- See more at: http://dcnepal.com/news/news.php?nid=218126#sthash.pNiyzCGz.dpuf
Previous
Next Post »